• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

  •  नेपाल चौतारी
  • २०८२ चैत्र २२, आईतवार ०६:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं – निर्वाचन आयोगले आज (चैत २२) देखि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम पुनः सञ्चालन गर्दै छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली संकलनको काम सुरु गर्न लागिएको हो ।

    आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मंसिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगित गरेको थियो । आयोगको यही चैत १८ को बैठकले मतदाता नामावली संकलनको काम सुरु गर्ने निर्णय गरेको हो ।

    स्थगित उक्त कार्यक्रम आजदेखि पुनः सञ्चालन गर्न लागिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरणमार्फत मतदाता नामावलीमा अनलाइन प्रणालीबाटै नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

    राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएकाहरूको हकमा आयोगको ‘प्रि इनरोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भर्नुपर्ने छ । आफ्नो फोटो तथा औँठाछापसहितको जैविक विवरण प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा आवेदक स्वयं भौतिक रूपमा उपस्थित हुनुपर्नेछ ।

    मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्ने लगायतका कार्यका लागि समेत अनलाइन माध्यमबाट आवेदन गर्न सकिने व्यवस्था मिलाइएको प्रवक्ता भट्टराईले जानकारी दिए ।

    नाम थर, ठेगाना सच्याउने, एकै वडाभित्र दुई वा सोभन्दा बढी मतदानस्थल रहेको भए मतदातालाई पायक पर्ने स्थानमा नाम सार्ने, नागरिकताअनुसारको विवरण नभई अन्यथा भएको भए नागरिकताअनुसार पनि सच्याउन सकिनेछ । आयोगले मतदाता नामावली संकलन प्रक्रियामा सक्रिय सहभागिताका लागि आग्रह गरेको छ ।

    Post Views: 63
    प्रकाशित मिति: २०८२ चैत्र २२, आईतवार ०६:३४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने
    नेपालको आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको अनुमान
    सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो
    Advertisement
    ताजा अपडेट
    • १. सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने

    • २. नेपालको आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको अनुमान

    • ३. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • ४. पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो

    • ५. राष्ट्रपतिले चैत २७ गते दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ३. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ४. इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो, ध्वस्त भयो : अमेरिकी राष्ट्रपति ट्रम्प

    • ५. लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.