काठमाडौं- शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल प्रहरी हिरासतबाट रिहा भएका छन् । सम्पत्ति शुद्धीकरण विभागले उनीसँगकाे बयानको काम सकिएपछि छाडेको हो ।
यसअघि शंकर ग्रुपका अध्यक्ष समेत रहेका अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले पक्राउ गरेको थियो ।
शनिबार पक्राउ परेका अग्रवाललाई जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको थियो ।






