साफ यु–१७ महिला च्याम्पियनसिप फुटबलमा घरेलु टोली भुटानमाथि पुनरागमन जित निकालेको छ । थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा हिजो सम्पन्न खेलमा नेपालले भुटानलाई २–१ गोलले पराजित गरेको हो । च्याम्पियनसिपमा पहिलो जित निकालेको नेपाल पहिलो खेलमा भारतसँग ७–० गोल गोल अन्तरले पराजित भएको थियो । हिजोको खेलमा नेपालका लागि दुवै गोल सहारा लिम्बुले गरीन । खेलको पहिलो हाफमा शेगेलको गोलमा १–० को अग्रता लिएको भुटानमाथी लिम्बुले दोश्रो हाफमा दुई गोल फर्काउन सफल बनिन् । जितसँगै नेपालले दुई खेलबाट तीन अङ्क बनाएको छ । च्याम्पियनसिपमा आयोजक भुटानसहित नेपाल, भुटान र बङ्गलादेश सहभागी छन् ।
साफ यु–१७ महिला च्याम्पियनसिप फुटबलमा नेपालद्वारा भुटान पराजित
साफ यु–१७ महिला च्याम्पियनसिप फुटबलमा नेपालद्वारा भुटान पराजित

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





