• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

अफगानिस्तानमा ६.० म्यग्निच्युड भूकम्प, कम्तीमा २० जनाको मृत्यु

  •  नेपाल चौतारी
  • २०८२ भाद्र १६, सोमबार ०९:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

    पाकिस्तानको सीमानजिकैको दक्षिण–पूर्वी अफगानिस्तानमा आइतबार ६.० म्यग्निच्युड भूकम्प गएको छ । भूकम्पका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ । एक सयजना घाइते भएको अन्तराष्ट्रिय संचारमाध्यामले जनाएका छन् । दर्जनौँ घरहरू भग्नावशेषमा परिणत भएको तालिवान सरकारका विभिन्न स्रोतहरूले बताएका छन् । मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।

    तालिवान सरकारका अधिकारीहरूले मानवीय संस्थाहरूलाई दुर्गम पहाडी क्षेत्रहरूमा उद्धार कार्यमा सहयोग गर्न आग्रह गरेका छन् । पहिरो र बाढीका कारण केही ठाउँमा हवाई मार्गबाट मात्र पुग्न सकिने बताइएको छ ।

    भूकम्पले काबुलदेखि ३०० किलोमिटर टाढा रहेको पाकिस्तानको राजधानी इस्लामाबादसम्मका भवनहरूलाई हल्लाएको बताइएको छ । अमेरिकी जियोलोजिकल सर्वेका अनुसार भूकम्पको केन्द्रबिन्दु नन्गरहार प्रान्तको जलालाबादनजिकै आठ किलोमिटर गहिराइमा थियो ।

    आइतबार स्थानीय समयअनुसार राति ११ ः ४७ बजे भूकम्प गएको थियो । पछिल्लो एक महिनामा अफगानिस्तानमा गएको यो पाँचौँ भूकम्प हो । भूकम्पको दृष्टिकोणले अफगानिस्तान संवेदनशील क्षेत्र हो ।

    Post Views: 46
    प्रकाशित मिति: २०८२ भाद्र १६, सोमबार ०९:२०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालको आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको अनुमान
    सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो
    पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो
    Advertisement
    ताजा अपडेट
    • १. नेपालको आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको अनुमान

    • २. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • ३. पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो

    • ४. राष्ट्रपतिले चैत २७ गते दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने

    • ५. अब प्रहरी कार्यालय धाउन नपर्ने, उजुरीको प्रगति फोन र एसएमएसमार्फत जानकारी

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ३. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ४. इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो, ध्वस्त भयो : अमेरिकी राष्ट्रपति ट्रम्प

    • ५. लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.