नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सुरु भएको हो ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थित हुनेछन् ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल र निर्णय हुनेछ।






