मलेसिया विरुद्धको टि–ट्विेन्टी क्रिकेट म्याचको श्रृङ्खला उपाधी नेपालले जितेको छ । आज सम्पन्न पाँचौ खेलमा पाँच विकेटले पराजित गर्दै नेपालले श्रृङ्खलाको उपाधी हात पारेको हो ।
यसअघि टस जितेर पहिले ब्याटिङ् गरेको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०३ रन बनायो ।
मलेसियाका लागि विनिफ्रेड दुराइसिंघमले सर्वाधिक ४० रन बनाइन् । नेपालका रजमति ऐरी र कविता कुवँरले ३–३ विकेट लिए जितका लागि एक सय ४ रनको लक्ष्य पाएको नेपालले १८ ओभरमा पुरा गर्यो ।
श्रृङ्खला अन्र्तगतका अघिल्ला ४ खेलमा दुबै टोलीले २–२ को समान जित दर्ता गराएका थिए । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा सम्पन्न निर्णायक खेलमा भने नेपालले बाजी मार्दै ३–२ ले श्रृङ्खलाको उपाधीमाथी कब्जा गर्न सफल रह्यो






