• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

टी–२० विश्वकप : एक खेल अगावै वेस्ट इन्डिज सुपर ८ मा, नेपाल बाहिरियो

  •  नेपाल चौतारी
  • २०८२ फाल्गुन ३, आईतवार १४:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । भारत र श्रीलंकामा जारी टी–२० विश्वकप अन्तर्गत वेस्ट इन्डिज सुपर ८ मा प्रवेश गरेको छ ।

    भर्खरै सम्पन्न खेलमा नेपाललाई ९ विकेटले हराउँदै लगातार तीन जितसहित वेस्ट इन्डिजले समूह ‘सी’बाट ६ अंक जोड्दै एक खेल अगावै सुपर ८ को टिकट काटेको हो । यता, लगातार तीन हार ब्यहोरेको नेपाल भने एक खेल अगावै सुपर एट दौडबाट बाहिरिएको छ ।

    नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा इटालीसँग १० विकेटको हार ब्यहोरेको थियो । वेस्ट इन्डिजले पहिलो खेलमा स्कटल्यान्डलाई ३५ रनले हराएको थियो भने इंग्ल्यान्डमाथि ३० रनको जित निकालेको थियो ।

    १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमा ९ विकेट गुमाएर भेट्टायो । उसका लागि कप्तान शाइ होपले अर्धशतकीय इनिङ्स खेले । उनी ४४ बलमा ६१ रनसहति अविजित रहे । यस्तै, शिमरोन हेटमायर ४६ रनमा अविजित रहँदा ब्रान्डन किङले २२ रनको योगदान दिए ।

    बलिङतर्फ नेपालको एकमात्र विकेट नन्दन यादवले लिए ।

    त्यसअघि मुम्बईस्थित वानखेडे मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन जोड्यो ।

    दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेल्दै नेपालको लक्ष्य केही हदसम्म माथि उकासे । टी–२० विश्वकपमा उनी अर्धशतक बनाउने दोस्रो खेलाडी हुन् । यसअघि सुवास खकुरेलले २०१४ टी–२० विश्वकपमा अर्धशतक बनाएका थिए ।

    दीपेन्द्र ४७ बलमा ५८ रन जोडेर आउट भए । यस्तै, सोमपाल कामी २६ रनमा अविजित रहे । लोकेश बमले १३, आसिफ शेखले ११, रोहित पौडेलले ५, आरिफ शेखले २, कुशल भुर्तेलले १ गुलशन झाले ११ रन जोडे ।

    बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डरले चार तथा अकिल हुसेन, म्याथ्यु फोर्डे, समर जोसेफ र रोस्टन चेजले एक–एक विकेट लिए ।

    Post Views: 91
    प्रकाशित मिति: २०८२ फाल्गुन ३, आईतवार १४:३५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २०८३ साउन १ गतेदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन वा उपदान नपाउने
    करण केसीलाई क्यानले गर्‍यो कारवाही
    सार्वजनिक लेखा समिति सभापतिमा श्रम संस्कृति पार्टीको दाबी
    Advertisement
    ताजा अपडेट
    • १. २०८३ साउन १ गतेदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन वा उपदान नपाउने

    • २. करण केसीलाई क्यानले गर्‍यो कारवाही

    • ३. सार्वजनिक लेखा समिति सभापतिमा श्रम संस्कृति पार्टीको दाबी

    • ४. राष्ट्रपति पोडेल राष्ट्रिय सभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    • ५. सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • ३. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ४. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ५. लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.