• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

इरानमाथि साउदीको चेतावनी :खाडी क्षेत्रमा धैर्यताको बाँध सकसमा

  •  नेपाल चौतारी
  • २०८२ चैत्र ५, बिहीबार १०:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    रियाद– साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदले आफ्नो देश र छिमेकी खाडी मुलुकमाथि भइरहेका आक्रमण सहेर बस्ने धैर्यताको सीमा सीमित रहेको भन्दै इरानलाई चेतावनी दिएका छन्। उनले तेहरानलाई आफ्नो रणनीति तत्काल ‘पुनरावलोकन’ गर्न समेत आग्रह गरेका छन्।

    साउदी अरब र अन्य खाडी मुलुकसँग “अत्यन्तै उच्च क्षमता र सामर्थ्य” रहेको र आवश्यक परेको खण्डमा त्यसको प्रयोग गर्न सकिने चेतावनी दिँदै विदेशमन्त्री फैसलले बिहीबार बिहान आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्। इरानी कूटनीतिज्ञहरूले आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरे पनि इरानले छिमेकी राष्ट्रहरूमाथि प्रहार गर्ने योजना सावधानीपूर्वक बुनेको उनले दाबी गरे।

    हाम्रो अधिराज्य (साउदी अरब) र छिमेकी मुलुकहरूमा गरिएका केही लक्षित प्रहारहरूको सटिकताले यो पूर्वयोजनाबद्ध, सङ्गठित र सुविचारित रहेको प्रस्ट पार्छ,” राजकुमार फैसलले भने।

    अधिराज्यले कस्तो अवस्थामा रक्षात्मक कारबाही सुरु गर्छ भन्ने कुरा आफूले स्पष्ट नपार्ने बताउँदै उनले थपे, “इरानीलाई यसबारे पूर्वसंकेत दिनु बुद्धिमानी हुने छैन।”

    देशमन्त्रीले अगाडि भने, “तर इरानीहरूले यो बुझ्नु जरुरी छ कि साउदी अरब र आक्रमणको चपेटामा परेका हाम्रा साझेदारसँग ठुलो सामर्थ्य छ, जुन आवश्यक परेको खण्डमा परिचालन गर्न सकिन्छ।”

    “हामीले देखाइरहेको धैर्यता असिमित छैन। इरानी अझै एक दिन, दुई दिन वा एक हप्ता कति समय छ? म त्यो खुलासा गर्दिनँ,” उनले थपे।

    उनले अन्त्यमा भने, “आजको बैठकको सन्देश उनीहरूले बुझ्नेछन् र आफ्ना छिमेकीमाथि आक्रमण गर्न छोडी तुरुन्तै आफ्नो कदम सच्याउनेछन् भन्ने मैले आशा राखेको छु। तर, उनीहरूमा त्यस्तो विवेक होला भन्नेमा मलाई शङ्का छ।”

    Post Views: 56
    प्रकाशित मिति: २०८२ चैत्र ५, बिहीबार १०:५४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सार्वजनिक लेखा समिति सभापतिमा श्रम संस्कृति पार्टीको दाबी
    तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण
    एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागीका
    Advertisement
    ताजा अपडेट
    • १. करण केसीलाई क्यानले गर्‍यो कारवाही

    • २. सार्वजनिक लेखा समिति सभापतिमा श्रम संस्कृति पार्टीको दाबी

    • ३. राष्ट्रपति पोडेल राष्ट्रिय सभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    • ४. सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

    • ५. ३३ अर्बका मेगा प्रोजेक्टले फेरिँदै पोखराको मुहार

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • ३. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ४. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ५. लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.