नेपाली कांग्रेसको विवाद चरम उत्कर्षमा पुगेको छ । नेतृत्वको आधिकारिकता विवाद अदालतमा रहेका बेला विशेष महाधिवेसनविरुद्धको पक्षले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक आव्हान गरेसँगै विवाद थप पेचिलो बन्ने देखिएको हो ।
पार्टीका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका पूर्ण बहादुर खड्काले मंगलवार तत्कालीन केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन् ।उनी निकट एक केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार काठमाडौको धुम्वाराहीस्थित एक होटलमा बैठक बोलाईएको हो । बैठक २ दिनसम्म चल्ने ती केन्द्रीय सदस्यले बताए ।
खड्काले प्रदेश सभापति र जिल्ला सभापतिहरूको पनि भेला बोलाउने तयारी गरेका छन् ।






