नियमित महाधिवेशन गर या त तत्काल केन्द्रीय समिति भंग गर्न माग गर्दै दबाब दिन पुगेका नेपाली कांग्रेसका ४०वर्ष मुनिका युवाहरूले कांग्रेस केन्द्रीय समिति स्थगित गरेपछि केन्द्रीय कार्यालयको गेटमा ताला लगाइदिएका छन् ।
नेपाल विद्यार्थी संघको पूर्व कोषाध्यक्ष शिव रिमालका अनुसार उनीहरू केन्द्रीय कार्यालयको अगाडि तर्फको गेटमा ताला लगाइदिएका हुन् । उनीहरूले नियमित महाधिवेशन वा केन्द्रीय समिति भंगको माग गर्दै काँग्रेस केन्द्रीय कार्यालयमा पदाधिकारी एव र केन्द्रीयसदस्यलाई खवरदारी गर्न केन्द्रीय कार्यालय अगाडि प्रर्दशन गरेका थिए ।
४० वर्ष मुनिका युवाहरूले नियमित महाधिवेशन गर या त तत्काल केन्द्रीय समिति भंग गरेर मात्र कांग्रेस सुधार र रुपान्तरणको बाटोमा युवाहरुको भावना अनुसार बढ्ने निष्कर्ष निकालेका थिए । उनीहरूले आइतबार केन्द्रीय समितिको बैठकको समयमा नेपाली काँग्रेस केन्द्रीय पदाधिकारी एव र सदस्यलाई खवरदारी गर्ने निर्णय गरेका थिए ।






