नेपाली काँग्रेसको अमेरिकास्थित जनसम्पर्क समिति अन्तर्गत न्युयोर्क च्याप्टरले भोटेकोशी बाढी पीडितकालागि १६ लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग गरेको छ । समिति न्युयोर्क च्याप्टरका सभापति दिनेश भण्डारीका अनुसार नेपाली काँग्रेसको बैक खातामा रकम जम्मा गरिएको हो ।
सभापति भण्डारीका अनुसार नेपाली काँग्रेसको केन्द्रीय विपद राहत व्यवस्थापन कोषममा अमेरिकी डलर १० हजार आठ सय ९१ र ११ सेन्ट अर्थात नेपाली रुपैयाँ १६ लाख ४९ हजार एक सय ३२ रुपैयाँ सहयोग गरिएको छ । सो रकम नेपाली काँग्रेस मार्फत प्रधानममन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिने भण्डारीले बताए । जनसम्पर्क समितिमा आवद्ध तथा शुभेच्छुकहरु मार्फत सहयोग रकम जुटाइएको बताइएको छ ।
नेपाली काँग्रेसले केही दिन अघिपनि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड रकम बुझाइसकेको छ ।
यहि भदौ १० गते रसुवाको भोटेकोशी नदीमा अकस्मात आएको बाढीका कारण एक हजार तीन सय ५० भन्दा बढिको मृत्यु पुुष्टि भइसकेको छ भने पाँच हजार तीन सय भन्दा बढी नागरिक अझै वेपत्ता छन । छ हजार आठ सय २७ जना घााइते भएका थिए । उद्धार कार्य अझै जारी छ ।
तिव्बती सिमाबाट आएको बाढीले रसुवा, नुवाकोेट, धादीङ, चितवन लगायतका जिल्लामा असर गरेको थियो ।






