काठमाडौँ । भोटेकोशी बाढीपछि पुरिएको चिलिमे जलविद्युत् आयोजनामा बुधबार खोज तथा उद्धारका क्रममा चार शव फेला परेका छन्।
नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले गरेको खोजीका क्रममा तीनवटा सग्लो शव र एउटा मानव अङ्ग फेला पारेको हो।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार सुरुङभित्र करिब ७० मिटर प्रवेश गरेर गोताखोरले शव तथा मानव अङ्ग बाहिर निकालेका हुन्।
गत भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीले चिलिमे जलविद्युत् आयोजनासहित रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको थियो।






