• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

कांग्रेसमा महाधिवेशन मितिको सकस, केन्द्रीय समितिमा छुट्टाछुट्टै मिति प्रस्ताव गर्दै संस्थापन र इतर समूह

  •  नेपाल चौतारी
  • २०८२ कार्तिक १८, मंगलवार ०८:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    १५ औ महाधिवेसन कहिले गर्ने भन्ने विषयमै अल्झिएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । महाधिवेशन मितिबारे सहमति नजुट्दा पटक–पटक स्थगित हुँदै आएको बैठक आज दिउँसो एक बजे बस्न लागेको हो ।

    आजको बैठक पनि महाधिवेशनको मितिबारे नै केन्द्रीत हुने देखिएको छ । कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग महाधिवेसनको मिति तय गर्न गरेको पटक पटकको छलफलले कुनै निष्कर्ष निकाल्न सकेको छैन । जसका कारण संस्थापन र इतर दुवै समूहले आजको बैठकमा आ–आफ्ना मिति प्रस्ताव गर्ने तयारी गरेका छन्

    । मुख्यरुपमा कांग्रेसको महाधिवेशन फागुन २१ को चुनाव अघि गर्ने कि चुनावपछि गर्ने भन्ने विषय पेचिलो नेको छ । नेपाली कांग्रेसको संस्थापन पक्षको हिजो सम्पन्न भेलाले वैशाख अन्तिम साता महाधिवेसन गर्ने प्रस्ताव आजको बैठकमा गर्दैछ ।

    त्यस्तै संस्थापन इतरका नेताहरूले भने प्रतिनिधिसभा निर्वाचन अगाडि नियमित महाधिवेसन गर्नुपर्ने नभए विशेष महाधिवेशन बोलाउनुपर्ने माग राख्दै आएका छन् । यसका सम्बन्धमा इतर समूहले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधीको हस्ताक्षर संकलन गरी कार्यवाहक सभापति खड्कालाई बुझाईसकेका छन् । संस्थापन पक्षले भने ती हस्ताक्षरको सनाखत गर्नुपर्ने माग अघि सारेको छ ।
    यता इतरपक्षले विशेष महाधिवेशन पक्षधरहरुको आज भेला राख्दैछ । पार्टीको जारी केन्द्रीय समिति बैठकले महाधिवेशनबारे कुनै पनि ठोस निर्णय गर्न नसकेको भन्दै आज मध्यान्न साढे १२ बजे थापागाउँको एक ब्यांक्वेटमाभेला डाकेको हो ।

    Post Views: 161
    प्रकाशित मिति: २०८२ कार्तिक १८, मंगलवार ०८:५४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’
    बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र
    अठार दिनपछि कृष्णभिरको सडकमा आजबाट दुईतर्फी यातायात सञ्चालन हुँदै
    Advertisement
    ताजा अपडेट
    • १. ‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

    • २. बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

    • ३. अठार दिनपछि कृष्णभिरको सडकमा आजबाट दुईतर्फी यातायात सञ्चालन हुँदै

    • ४. आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

    • ५. प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.