नेपाली कांग्रेसकी नेतृ एवम् बागमती प्रदेशकी पूर्वमन्त्री रजनी जोन्छेको निधन भएको छ । उनको भक्तपुरको मध्यपुर ठिमी अस्पतालमा आज विहान निधन भएको हो ।
नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेकी रजनी शहीद राधेश्याम जोन्छेकी धर्मपत्नी हुन् । श्रद्धाञ्जलिका लागि भक्तपुरस्थित राधेश्याम प्रतिष्ठानमा रजनीको पार्थिव शरीर राखिएको थियो । श्रद्धाञ्जलि दिन कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।
रजनी जोन्छेका पति राधेश्याम जोन्छेलाई २०५९ साल भदौ १५ गते तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले गोली प्रहार गरेर हत्या गरेका थिए । माओवादीको गोली प्रहारबाट गम्भीर घाइते भएका राधेश्याम जोन्छेको २०६९ सालमा निधन भएको थियो ।






