नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले आजको केन्द्रीय समितिको बैठकलाई सुरुमा नै सम्बोधन गर्दै पुस १६ देखि १९ गतेभित्र महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।
बैठकको सुरूवातमा सम्बोधन गर्दै उनले पुस १६ देखि १९ सम्म १५ औं महाधिवेशनको प्रस्ताव राखेको एक केन्द्रीय सदस्यले बताए ।
महामन्त्री थापाले बोलिसकेपछि अहिले सहमहामन्त्री महेन्द्र यादवले बोल्दैछन्। उनले संस्थापन पक्षको तर्फबाट वैशाखमा महाधिवेशन गर्नेगरी कार्यतालिका पेश गर्नेछन्।






