• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सामाजिक सद्भाव सुदृढ गर्न गृहद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे सर्कुलर

  •  नेपाल चौतारी
  • २०८२ पुष २३, बुधबार ०७:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । गृह मन्त्रालयले तराई तथा मधेशका केही जिल्लामा पछिल्लो समय धार्मिक तथा सामाजिक सद्भाव खलबलिने किसिमका घटनाहरू देखिन थालेपछि त्यसको प्रभावकारी नियन्त्रण र सहिष्णुता कायम गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे निर्देशनात्मक सर्कुलर जारी गरेको छ।

    गृह मन्त्रालयले जिल्ला तहमा धार्मिक सहिष्णुता प्रवर्द्धनका लागि भएका पहल, समन्वय र प्रगतिलाई समेटी मन्त्रालयमा पठाउन निर्देशन दिएको छ। मङ्गलबार गृह मन्त्रालयकी उपसचिव तथा सूचना अधिकारी रमा आचार्य सुवेदीद्वारा जारी सर्कुलरमा सबै प्रमुख जिल्ला अधिकारीलाई कानुनले निषेध गरेका गैरकानुनी क्रियाकलापमा संलग्न जो-कोहीलाई अविलम्ब कानुनी दायरामा ल्याई कारबाही प्रक्रिया अघि बढाउन स्पष्ट निर्देशन दिइएको छ।

    सर्कुलरको बुँदा नम्बर २ मा धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भाव र सहिष्णुता प्रवर्द्धनका लागि सरोकारवालासहित समन्वय बैठक आयोजना गर्न भनिएको छ। यसका लागि जिल्लास्थित राजनीतिक दलका प्रमुख, सामाजिक, सांस्कृतिक तथा धार्मिक क्षेत्रका अगुवाहरूलाई समेट्दै सद्भाव कायम गर्न सार्वजनिक आह्वान गर्न निर्देशन दिइएको छ।

    सबै पक्षको सहभागितामा सद्भाव र्‍याली आयोजना गरी यस्ता घटनाहरू दोहोरिन नदिने व्यवस्था मिलाउन तथा सीमा क्षेत्रमा हुने आवागमनलाई कडाइका साथ जाँच–पड्ताल गर्न पनि सर्कुलरमा जोड दिइएको छ।

    यसैगरी, स्थानीय स्तरमा सञ्चार माध्यमको प्रयोग गरी स्थानीय भाषामै सामाजिक सद्भाव प्रवर्द्धन हुने खालका कार्यक्रम सञ्चालन गर्न र प्रदेश तथा स्थानीय तहबीच समन्वयात्मक तथा प्रवर्द्धनात्मक कार्यक्रमलाई निरन्तरता दिन निर्देशन गरिएको छ।

    बुँदा नम्बर ७ अनुसार, प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय जिल्ला शान्ति तथा सामाजिक सद्भाव समिति गठन गरी क्रियाशील बनाउने व्यवस्था गरिएको छ। समितिमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू सदस्य, जिल्लास्थित राजनीतिक दलका अध्यक्ष वा प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासङ्घका जिल्ला अध्यक्ष, पत्रकार महासङ्घका जिल्ला अध्यक्ष, नेपाल बार एसोसिएसनका जिल्ला अध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुखले तोकेको प्रतिनिधि तथा सामाजिक, सांस्कृतिक एवं धार्मिक क्षेत्रका अगुवाहरू सदस्य रहने व्यवस्था गरिएको छ।

    साथै, विगतका वर्षहरूमा भएका घटनाको अभिलेखका आधारमा विवाद हुन सक्ने सम्भावित कार्यक्रम वा पर्वहरूको सूची तयार गरी वार्षिक क्यालेन्डर निर्माण गर्ने कार्यलाई पनि प्राथमिकताका साथ अघि बढाउन गृह मन्त्रालयले निर्देशन दिएको छ।

    Post Views: 86
    प्रकाशित मिति: २०८२ पुष २३, बुधबार ०७:१५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रसुवा बाढी : त्रिशूली–१ काे टनेलबाट ६ शव निकालियो
    प्रधानमन्त्री र ‘जेनजी सांसद’हरूबिच अन्तरक्रिया सुरु
    नयाँ विशेषतासहित ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
    Advertisement
    ताजा अपडेट
    • १. रसुवा बाढी : त्रिशूली–१ काे टनेलबाट ६ शव निकालियो

    • २. प्रधानमन्त्री र ‘जेनजी सांसद’हरूबिच अन्तरक्रिया सुरु

    • ३. नयाँ विशेषतासहित ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा

    • ४. बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    • ५. १३ देशका लागि आजै राजदूत सिफारिस गर्ने सरकारको तयारी

    चर्चित
    • १. गणेशमान सिंह नेपाली राजनीतिक इतिहासका एक युगपुरुष : डा शशांक

    • २. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ३. कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?

    • ४. प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै, किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ

    • ५. सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.