• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

बंगलादेशका प्रधानमन्त्रीको शपथ समारोहमा परराष्ट्र मन्त्री शर्मा सहभागी हुने

  •  नेपाल चौतारी
  • २०८२ फाल्गुन ४, सोमबार १२:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ। बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्र मन्त्री बालानन्द शर्मा सहभागी हुने भएका छन् ।

    प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्र मन्त्री शर्मालाई उक्त समारोहमा सहभागी हुन जान भनेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए । लगत्तै आजै परराष्ट्र मन्त्री शर्मा बंगलादेशको ढाका जाँदैछन् ।

    बंगलादेशमा हालै सम्पन्न निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले दुई तिहाइ बहुमत पाएको छ । बीएनपीका प्रमुख तारिक रहमानले प्रधानमन्त्रीको शपथ लिँदैछन् । उनको शपथ ग्रहण समारोह मंगलबार हुँदैछ ।

    बंगलादेशमा फरबरी १२ मा भएको आम निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले दुई तिहाइ बढी सिट जितेको छ । यससँगै बीएनपीका तारिक रहमानले मंगलबार प्रधानमन्त्री पदको शपथ लिँदैछन् ।

    बीएनपीले रहमानलाई संसदीय दलको नेतामा चयन गर्दै प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरेको छ । रहमान पूर्व प्रधानमन्त्री खालिजा जियाका छोरा हुन् ।

    शपथ ग्रहणमा भाग लिन अन्तरिम सरकारका मुख्य सल्लाहकार मोहम्मद युनुसले नेपालसहित चीन, साउदी अरेबिया, भारत, पाकिस्तान, टर्की, यूएई, कतार, मलेसिया, ब्रुनेई, श्रीलंका, माल्दिभ्स र भुटानका सरकार प्रमुखलाई शपथ ग्रहण समारोहमा निमन्त्रणा पठाएका थिए ।

    नेपालको तर्फबाट मन्त्री शर्माले प्रतिनिधित्व गर्ने भएका हुन् ।

    Post Views: 58
    प्रकाशित मिति: २०८२ फाल्गुन ४, सोमबार १२:५४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपसभामुखको निर्वाचन चैत २७ गते हुने
    पश्चिम नेपालबाट वर्षा सुरु
    सरकारले बढायो गाडी भाडा
    Advertisement
    ताजा अपडेट
    • १. आज देशलाई सबैभन्दा बढी आवश्यक छ—सम्झौता र मेलमिलाप

    • २. उपसभामुखको निर्वाचन चैत २७ गते हुने

    • ३. निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारवाही हुने

    • ४. पश्चिम नेपालबाट वर्षा सुरु

    • ५. सरकारले बढायो गाडी भाडा

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ३. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ४. नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नेपालको उमेदवारी

    • ५. इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो, ध्वस्त भयो : अमेरिकी राष्ट्रपति ट्रम्प

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.