नेपाल उद्योग बाणिज्य संघ पाँचथरका पूर्व अध्यक्ष दिपक नेपालले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ६० औँ महाधिवेशनमा जिल्ला नगर उद्योग बाणिज्य संघको खुल्ला तर्फ केन्द्रिय सदस्यमा उमेदवारी दिएका छन् ।
नेपालले जिल्ला नगर उद्योग बाणिज्य संघका अध्यक्षहरुको साथ , सहयोग ,समर्थन ,आशिर्वाद र अमूल्य मतदानले नयाँ ऊर्जा र जोशका साथ काम गर्ने अवसर प्रदान गरी निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको कार्य कारिणी सदस्यमा स्थापित गराउनु हुनेछ भन्ने विश्वास लिएको बताएका छन् ।
उनले उम्मेदवारी सिफारिस गर्ने उद्योग बाणिज्य संघ पाँचथरका अध्यक्ष नरेन्द्र प्रसाद अधिकारीसहित पाँचथर उद्योग बाणिज्य संघप्रति कृतज्ञतासहित आभार व्यक्त गरेका छन् । नेपाल अलैँची व्यवसायी महासंघको अध्यक्ष समेत हुन् । नेपाल युवा र इमान्दार उद्यमीका रुपमा परिचित छन् ।






