• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

मध्यपूर्वको युद्धले विश्व बजारमा इन्धनको मूल्यमा उछाल

  •  नेपाल चौतारी
  • २०८२ फाल्गुन १९, मंगलवार ११:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । मध्यपूर्वमा जारी भिषण सैन्य द्वन्द्वका कारण विश्व बजारमा ऊर्जा (तेल र ग्यास) को मूल्यमा सोमबार तीव्र वृद्धि भएको छ । तेल उत्पादनको केन्द्र मानिने यस क्षेत्रमा जारी तनावले विश्वव्यापी आपूर्ति प्रणाली नै ठप्प हुन सक्ने जोखिम बढेपछि इन्धनको मूल्य आकाशिएको हो ।

    अन्तर्राष्ट्रिय बजारको मानक मानिने ‘ब्रेन्ट क्रुड’ को मूल्य १.९ प्रतिशतले बढेर प्रतिब्यारेल ७९.२५ अमेरिकी डलर पुगेको छ । त्यसैगरी, अमेरिकी बजारमा कारोबार हुने कच्चा तेलको मूल्यमा पनि करिब १.५ प्रतिशतको बढोत्तरी देखिएको छ । गत सप्ताहान्तदेखि अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेसँगै विश्वभर पेट्रोलियम पदार्थको मूल्यमा यो उछाल आएको हो ।

    तेलसँगै प्राकृतिक ग्यासको मूल्यमा पनि सोमबार ठूलो वृद्धि भएको छ । विश्वकै ठूलो ग्यास निर्यातकर्तामध्येको एक ‘कतार इनर्जी’ले आफ्ना उत्पादन केन्द्रहरूमा ‘सैन्य आक्रमण’ भएको भन्दै उत्पादन पूर्ण रूपमा बन्द गरेपछि बजारमा ग्यासको अभाव देखिन थालेको हो ।

    कतारले सुरक्षा संवेदनशीलताका कारण उत्पादन र आपूर्ति रोकेपछि युरोप र एसियाली मुलुकहरूमा ग्यासको मूल्यमा चाप पर्ने देखिएको छ । मध्यपूर्वको यो अस्थिरताले विश्व अर्थतन्त्रलाई नै महँगीको नयाँ चपेटामा पार्ने संकेत गरेको छ ।

    Post Views: 136
    प्रकाशित मिति: २०८२ फाल्गुन १९, मंगलवार ११:०४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रिमियर लिगमा लिड्सको अपराजित यात्रा जारी
    इन्डोनेसियामा २४० यात्रु सवार जहाज बेपत्ता, खोजी जारी
    होर्मुजमा पानीजहाजमाथि प्रहार, विश्व बजारमा तेल आपूर्तिको चिन्ता
    Advertisement
    ताजा अपडेट
    • १. अठार दिनपछि कृष्णभिरको सडकमा आजबाट दुईतर्फी यातायात सञ्चालन हुँदै

    • २. आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

    • ३. प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

    • ४. बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    • ५. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.