• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

शुक्रबार शपथ लिन लागेका बालेनका लागि सिंहदरबारमा प्रधानमन्त्रीको कार्यकक्ष तयारी पूरा

  •  नेपाल चौतारी
  • २०८२ चैत्र ११, बुधबार १६:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ। शुक्रबार प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिन लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) का लागि सिंहदरबारमा प्रधानमन्त्रीको कार्यकक्ष तयारी पूरा गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जेन जेड आन्दोलनका क्रममा क्षतिग्रस्त भएसँगै हाल गृह मन्त्रालयको भवनबाट सञ्चालन भइरहेको भवनको पहिलो तल्लामा प्रधानमन्त्रीका लागि आवश्यक कार्यकक्ष, मन्त्रिपरिषद् बैठक कक्ष तथा भेटघाट कक्ष व्यवस्थापन गरिएको हो।

    प्रधानमन्त्रीको दैनिक कार्य सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार मिलाउनुका साथै कार्यकक्षको आन्तरिक संरचना व्यवस्थित गर्ने कामसमेत सम्पन्न गरिएको छ। प्रधानमन्त्रीको बसाइ, बैठक तथा भेटघाटका लागि छुट्याइएका कोठाहरूमा वास्तुअनुसार कुर्सी-टेबलहरूको व्यवस्थापन मिलाइएको छ।

    यसै सन्दर्भमा साह निकट सल्लाहकारहरूको टोलीले हालै कार्यालयको वस्तुस्थितिबारे अवलोकन गर्दै आवश्यक वास्तुअनुसार मिलाउन सुझाव दिएको थियो। सोहीअनुसार कार्यालय व्यवस्थापन र आन्तरिक संरचना मिलाउने काम करिब-करिब पूरा भएको छ।

    शाहले पदभार ग्रहण गरेसँगै प्रधानमन्त्री सचिवालयसमेत सक्रिय हुने तयारी गरिएको छ। स्रोतका अनुसार आधा दर्जन सल्लाहकारको टोली दैनिक रूपमा कार्यालयमै बसेर काम गर्ने छ। उक्त टोलीका लागि आवश्यक कार्यस्थल, सवारी साधन तथा अन्य व्यवस्थापकीय पक्ष मिलाउन कार्यालय सचिवसहितको प्रशासनिक संयन्त्र सक्रिय रहेको छ।

    यसैबीच शाहको शपथग्रहण शुक्रबार दिउँसो १२ बजेर ३४ मिनेटमा हुने तय भएको छ। शपथग्रहण समारोहलाई धार्मिक तथा सांस्कृतिक रूपमा विशेष बनाउने तयारी गरिएको छ। कार्यक्रमका क्रममा ७ जना ब्राह्मणबाट शंखनाद, १०८ जना बटुकबाट स्वस्ति वाचन तथा १०७ जना बौद्ध लामा गुरुबाट मंगल वाचन गरिने तयारी गरिएको जनाइएको छ।

    Post Views: 103
    प्रकाशित मिति: २०८२ चैत्र ११, बुधबार १६:१४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शैक्षिक सत्र सुरू हुनुअघि भर्ना नलिन र चर्को शुल्क नअसुल्न मन्त्रालयको निर्देशन
    पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने
    व्यवसायी शंकर अग्रवाल रिहा
    Advertisement
    ताजा अपडेट
    • १. रेखा शर्मालाई थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश

    • २. शैक्षिक सत्र सुरू हुनुअघि भर्ना नलिन र चर्को शुल्क नअसुल्न मन्त्रालयको निर्देशन

    • ३. बलेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

    • ४. ओली र लेखकसम्बन्धी बन्दी प्रत्यक्षीकरण रिट ‘हेर्दाहेर्दै’ मा, सरकारी पक्षको बहस बाँकी

    • ५. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    चर्चित
    • १. सरकारले २४ घण्टाभित्र सट्टेबाजी एप र वेबसाइट बन्द गर्ने सरकारको निर्णय

    • २. पार्टीको विषेश महाधिवेशन र विषेश महाधिवेशनलाई आधिकारिकता दिने आयोगको निर्णय बद्नियतपूर्ण : गुरु बराल

    • ३. गगन थापासहित काँग्रेसका पदाधिकारीहरू आन्तरिक छलफलमा

    • ४. सेतो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न, परम्परागत परिक्रमा पूरा

    • ५. इरानको खार्ग टापु सजिलै कब्जा गर्न सकिन्छ : डोनाल्ड ट्रम्प

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.