• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

सेतो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न, परम्परागत परिक्रमा पूरा

  •  नेपाल चौतारी
  • २०८२ चैत्र १५, आईतवार २०:५५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ। सेतो मच्छिन्द्रनाथ रथयात्रा परम्परागत विधि अनुसार सम्पन्न भएको छ। लगनटोलस्थित ‘आमा रुख’ को तीन पटक परिक्रमा गरिएसँगै यस वर्षको रथयात्रा औपचारिक रूपमा समापन गरिएको हो।

    चैते दसैँको अवसरमा सुरु हुने यो जात्रा जमलबाट प्रारम्भ भई असन, हनुमानढोका दरबार क्षेत्र हुँदै लगनटोलसम्म रथ तानेर लैजाने प्रचलन छ। लगनटोल पुगेपछि अर्को दिन उक्त रुखको परिक्रमा गराउने परम्परा रहिआएको छ।

    यस क्रममा मच्छिन्द्र बहालबाट आर्यावलोकितेश्वर को मूर्ति बाहिर निकालेर भक्तजनको सहभागितामा तीनधारा पाठशालामा तयार गरिएको शिखर शैलीको रथमा विराजमान गराइन्छ र त्यसपछि रथयात्रा सञ्चालन गरिन्छ।

    रथयात्रा सम्पन्न भएपछि भोलिपल्ट मूर्तिलाई खटमा राखेर लगन, ज्याबहाल, द्य:लं, यूतुननी, कोहिटी भीमसेनस्थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ र केलटोल हुँदै पुनः मच्छिन्द्र बहालमा फर्काइ मन्दिरमा प्रतिष्ठापन गरिने चलन छ।

    हरेक वर्ष चैत्र शुक्ल अष्टमीदेखि सुरु हुने यस रथयात्राको ऐतिहासिक परम्परा राजा शिवसिंह मल्ल को समयदेखि चल्दै आएको मानिन्छ। हिन्दु र बौद्ध धर्मावलम्बीबीच साझा आस्थाका रूपमा रहेको सेतो मच्छिन्द्रनाथलाई सद्भाव र सहअस्तित्वको प्रतीकका रूपमा लिने गरिन्छ।

    काठमाडौँ उपत्यकामा पुजिँदै आएका चार लोकेश्वरमध्ये सेतो मच्छिन्द्रनाथलाई सद्भावका देवताका रूपमा मानिन्छ भने अन्य लोकेश्वरहरू फरक-फरक प्राकृतिक र सामाजिक पक्षसँग सम्बन्धित विश्वासका केन्द्रका रूपमा पूजिने परम्परा रहिआएको छ।

    Post Views: 85
    प्रकाशित मिति: २०८२ चैत्र १५, आईतवार २०:५५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सात हजारभन्दा बढी ‘अनलाइन’ सट्टेबाजी ‘एप’ र ‘वेबसाइट’ बन्द
    सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित भएको घोषणा,आजै सपथको तयारी
    डीपी अर्याल सभामुखमा प्रस्तावित, रविले दिए सबै दललाई धन्यवाद
    Advertisement
    ताजा अपडेट
    • १. सात हजारभन्दा बढी ‘अनलाइन’ सट्टेबाजी ‘एप’ र ‘वेबसाइट’ बन्द

    • २. सुनचाँदीको मूल्य स्थिर

    • ३. सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित भएको घोषणा,आजै सपथको तयारी

    • ४. डीपी अर्याल सभामुखमा प्रस्तावित, रविले दिए सबै दललाई धन्यवाद

    • ५. गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित

    चर्चित
    • १. सरकारले २४ घण्टाभित्र सट्टेबाजी एप र वेबसाइट बन्द गर्ने सरकारको निर्णय

    • २. सामाजिक सुरक्षा भत्ता उमेर ७५ वर्ष पुर्‍याउने प्रस्ताव

    • ३. पार्टीको विषेश महाधिवेशन र विषेश महाधिवेशनलाई आधिकारिकता दिने आयोगको निर्णय बद्नियतपूर्ण : गुरु बराल

    • ४. गगन थापासहित काँग्रेसका पदाधिकारीहरू आन्तरिक छलफलमा

    • ५. सेतो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न, परम्परागत परिक्रमा पूरा

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.