• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

सर्वोच्च अदालतको समय तालिका परिवर्तन, सातामा दुई दिन बिदा

  •  नेपाल चौतारी
  • २०८२ चैत्र २३, सोमबार २१:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ – सर्वोच्च अदालतले आफ्नो कार्य समयसम्बन्धी व्यवस्था संशोधन गर्दै सातामा दुई दिन बिदा दिने प्रणाली लागू गरेको छ। नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार सर्वोच्च अदालत (तेस्रो संशोधन) नियमावली, २०८२ मार्फत अदालतको कार्यसमयसम्बन्धी प्रावधान परिवर्तन गरिएको हो।

    राजपत्रमा प्रकाशित व्यवस्थाअनुसार सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ३ मा संशोधन गरी अदालतको कार्य समय पूर्ण बैठकले तोकेबमोजिम हुने व्यवस्था गरिएको छ। साथै, नेपाल सरकारले सार्वजनिक बिदा तोकेको दिन र पूर्ण बैठकले अदालत बन्द रहने निर्णय गरेको दिन अदालत बन्द रहने उल्लेख गरिएको छ।

    संशोधित व्यवस्थाअनुसार अब अदालत शनिबार र आइतबार दुई दिन बिदा रहनेछ। सोमबारदेखि शुक्रबारसम्म बिहान १०:०० बजेदेखि अपराह्न ५:०० बजेसम्म अदालत सञ्चालन हुने व्यवस्था गरिएको छ। यद्यपि कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने अदालत अपराह्न ४:०० बजेसम्म सञ्चालन हुने जनाइएको छ।

    सर्वोच्च अदालतको पूर्ण बैठकले २०८२ मंसिर २३ गते उक्त निर्णय गरेको उल्लेख गर्दै सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको जनाइएको छ।

    यसअघि सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने तथा कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने निर्णय राजपत्रमार्फत लागू गरिसकेको छ।

    Post Views: 78
    प्रकाशित मिति: २०८२ चैत्र २३, सोमबार २१:५९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एक दशकमा ३० हजार मेगावाट विद्युत् जडित क्षमता पुर्‍याउने लक्ष्य
    सरकारले सार्वजनिक गर्‍यो राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्ण पाठ)
    वैशाख २९ गतेभित्र एसइई नतिजा प्रकाशन गर्ने बोर्डको तयारी, तीन दर्जन कर्मचारी परिचालन
    Advertisement
    ताजा अपडेट
    • १. कांग्रेसमा कारबाहीको तयारी : गगनको संकेत, पूर्णबहादुरको प्रतिवाद

    • २. एक दशकमा ३० हजार मेगावाट विद्युत् जडित क्षमता पुर्‍याउने लक्ष्य

    • ३. सरकारले सार्वजनिक गर्‍यो राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्ण पाठ)

    • ४. वैशाख २९ गतेभित्र एसइई नतिजा प्रकाशन गर्ने बोर्डको तयारी, तीन दर्जन कर्मचारी परिचालन

    • ५. कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु

    चर्चित
    • १. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • २. प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कुन मन्त्रीको सम्पत्ति कति ?

    • ३. संसदिय दलकाे नेता कि वरिष्ठ वा सबैभन्दा युवालाई छानौ – अर्जुननरसिंह केसी

    • ४. निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य, कार्यान्वयन नगरे कारबाही गर्न मन्त्रालयको निर्देशन

    • ५. संविधान संशोधन कार्यदलको पहिलो बैठक बस्दै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.