• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

एसईई दिएर फर्किएका विद्यार्थी सवार तिब्र गतिका दुई मोटरसाइकल ठक्करपछि आगो लाग्यो, जलेर ३ को मृत्यु

  •  नेपाल चौतारी
  • २०८२ चैत्र २४, मंगलवार १३:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    महोत्तरीमा दुई मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीनजना विद्यार्थीको जलेर मृत्यु भएको छ।

    जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुईवटा मोटरसाइकल आपसमा ठोक्किएर आगलागी हुँदा तीनजना विद्यार्थीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

    सो घटनामा थप तीन जना विद्यार्थी गम्भीर घाइते भएका छन्।

    उनीहरूको सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले जानकारी दिए।

    प्रहरीले हालसम्म मृतक तथा घाइतेमध्ये कसैको नाम, थर, वतन खुलाएको छैन भने मोटरसाइकल पनि पूर्ण रुपमा जलेर नम्बरप्लेट समेत नदेखिने अवस्था रहेको जनाइएको छ।

    आज बिहान विपरीत दिशाबाट आएका ती मोटरसाइकल जलेश्वर बर्दिबास सडकखण्डको एकडारा गाउँपालिका–५ स्थित बथनाहा गाउँमा एकापसमा ठोक्किएका थिए।

    ठोक्किएर दुवै मोटरसाइकलमा आगलागी हुँदा तीन जना विद्यार्थीको घटनास्थलमै तत्काल मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरू एसइई परीक्षा दिएर फर्किएका विद्यार्थी रहेका प्रहरीले जनाएको छ।

    घाइते तीन जनामध्ये दुई जनाको अवस्था गम्भीर छ। एक जनाको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ।

    Post Views: 63
    प्रकाशित मिति: २०८२ चैत्र २४, मंगलवार १३:५३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालको आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको अनुमान
    सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो
    पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो
    Advertisement
    ताजा अपडेट
    • १. नेपालको आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको अनुमान

    • २. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • ३. पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो

    • ४. राष्ट्रपतिले चैत २७ गते दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने

    • ५. अब प्रहरी कार्यालय धाउन नपर्ने, उजुरीको प्रगति फोन र एसएमएसमार्फत जानकारी

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ३. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ४. नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नेपालको उमेदवारी

    • ५. इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो, ध्वस्त भयो : अमेरिकी राष्ट्रपति ट्रम्प

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.