पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पत्ती विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानका लागि सम्पत्ती सुद्धिकरण विभागले देउवासहित उनकी धर्मपत्नी आरजु राणा देउवालाई पक्राउका लागि अदालतबाट अनुमति लिएको हो ।
हाल हङकङमा रहेका भनिएका देउवा दम्पत्तिको बुढानिलकण्ठस्थित निवासमा गत भदौ २४ गतेआगजनी हुँदा जलेका पैसाका नोट भेटिएको सार्वजनिक भएको थियो । त्यसलगत्तै विभागले देउवा निवासमा पुगेर मुचुल्का समेत उठाएको थियो ।
जेनजी विद्रोहका क्रममा देउवा दम्पत्तीमाथी कुटपिट समेत भएको थियो । यद्यपी जलेको पैसा सार्वजनिक भएको दृश्य एआईमार्फत बनाएर आफ्नाबारे भ्रम फैल्याईएको भनि देउवाले अभिव्यक्ति दिएको सार्वजनिक भएको थियो ।
गत फागुन २१ गते सम्पन्न चुनावअघि देउवा दम्पत्ति स्वास्थ्य उपचाराका लागि भन्दै सिंगापुर हुँदै हङकङ पुगेको बताईएको छ ।






