• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

इटहरी गोल्डकप आजदेखि : एफसिनाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

  •  नेपाल चौतारी
  • २०८२ चैत्र ३०, सोमबार १२:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    धरान (सुनसरी) -सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।

    आयोजक राष्ट्रिय जागृति क्लबको आयोजनामा इटहरीस्थित रंगशालामा आज साँझ ६:३० बजेदेखि रात्रिकालीन रूपमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा जस्ट जोन एफसिनाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा हुनेछ ।

    आजदेखि सुरु भई आगामी वैशाख ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगिताका विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्ने कार्यक्रम संयोजक अनुरोध थापाले बताए।

    प्रतियोगितामा सर्वाधिक गोलकर्ता खेलाडीलाई रु २५ हजार प्रदान गरिने छ । त्यसैगरी, सर्वोत्कृष्ट खेलाडीलाई रु एक लाख प्रदान गरिनेछ भने विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई रु २० हजार तथा ‘म्यान अफ दी म्याच’ घोषित खेलाडीलाई रु १० हजार पुरस्कार प्रदान गरिने संयोजक थापाले जानकारी दिए ।

    प्रतियोगिताअन्तर्गत आगामी वैशाख १ गते मच्छिन्द्र क्लब काठमाडौँ र झापा–११ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी, वैशाख २ गते राष्ट्रिय जागृति क्लब, इटहरी र सातदोबाटो युथ क्लब, ललितपुरबीच खेल हुनेछ । वैशाख ३ गते प्लानिङ ब्वाइज, काठमाडौँ र भारतको युनाइटेड खर्साङ एफसीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । पहिलो चरणका विजेता टोलीहरूबीच वैशाख ४ र ५ गते सेमिफाइनल खेल सञ्चालन गरिनेछ भने प्रतियोगिताको फाइनल खेल वैशाख ७ गते हुनेछ ।

    गत वर्ष प्रतियोगिताको उपाधि मच्छिन्द्र क्लब, काठमाडौँले जितेको थियो भने चर्च ब्वाइज युनाइटेड क्लब उपविजेता बनेको थियो ।

    Post Views: 108
    प्रकाशित मिति: २०८२ चैत्र ३०, सोमबार १२:२७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’
    आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै
    प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?
    Advertisement
    ताजा अपडेट
    • १. ‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

    • २. बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

    • ३. अठार दिनपछि कृष्णभिरको सडकमा आजबाट दुईतर्फी यातायात सञ्चालन हुँदै

    • ४. आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

    • ५. प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.