• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण र एकतर्फी रहेको काँग्रेसको निष्कर्ष

  •  नेपाल चौतारी
  • २०८३ बैशाख ३, बिहीबार २१:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण, एकतर्फी र चयनात्मक रहेको निष्कर्ष निकालेको छ ।

    पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा चैत २ र ३ गते पार्टीको केन्द्रीय कार्यालय सानेपामा सम्पन्न बैठकले गत भदौ २४ गतेका घटनाको पर्याप्त छानविन नभएकाले उक्त घटनाको पुन:निष्पक्ष अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

    समसामयिक राजनीतिक अवस्था, अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन, सम्पत्ति छानविन, पेट्रोलियम पदार्थको मूल्यलगायतका विषयमा छलफल भएको प्रवक्ता चालिसेले बताए ।

    “बैठकले लोकतन्त्र, गणतन्त्र, संघीयता, नागरिक सर्वोच्चता, मानव अधिकार तथा प्रेस स्वतन्त्रताजस्ता संविधानमा निहित मूल्यमान्यताप्रति प्रतिबद्ध रहँदै संसदमा प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी ढंगले निर्वाह गर्ने निर्णय गरेको छ, सरकारका सकारात्मक र कानुनसम्मत काममा सहयोग गर्ने तर लोकतान्त्रिक मूल्य विपरीत कदममा कडा प्रतिवाद गर्ने काँग्रेसको धारणा छ”, उनले भने । उनले काँग्रेसले विधिको शासनलाई लोकतन्त्रको आधार मानेको उल्लेख गर्दै कानुनभन्दा माथि कोही नहुने स्पष्ट पारेका छन् ।

    मध्यपूर्व संकटका कारण बढेको पेट्रोलियम पदार्थको मूल्यले आम नागरिकको जीवन प्रभावित भएकाले मूल्य घटाउन विभिन्न करमा सहुलियत, भन्सार र अन्य शुल्क घटाउने तथा विद्यार्थीलाई विशेष सुविधा दिन काँग्रेसले सरकारसँग माग गरेको छ ।

    बैठकले भ्रातृ संस्थाहरूको अवस्था अध्ययनसम्बन्धी प्रतिवेदन पारित गर्नुका साथै प्रवासस्थित जनसम्पर्क समितिको प्रतिवेदन अनुमोदन गरेको छ ।

    साथै, क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण प्रक्रिया अघि बढाउने निर्णय गरेको प्रवक्ता चालिसेले जानकारी दिएका छन् ।

    Post Views: 50
    प्रकाशित मिति: २०८३ बैशाख ३, बिहीबार २१:३३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पाकिस्तानी सेना प्रमुख मुनिर र इरानका सभामुख गालिबाफबिच भेटवार्ता
    संसदीय समितिमा सदस्यहरूको जिम्मेवारी हेरफेर
    दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश
    Advertisement
    ताजा अपडेट
    • १. कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण र एकतर्फी रहेको काँग्रेसको निष्कर्ष

    • २. पाकिस्तानी सेना प्रमुख मुनिर र इरानका सभामुख गालिबाफबिच भेटवार्ता

    • ३. संसदीय समितिमा सदस्यहरूको जिम्मेवारी हेरफेर

    • ४. दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश

    • ५. प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग छलफल

    चर्चित
    • १. प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कुन मन्त्रीको सम्पत्ति कति ?

    • २. संसदिय दलकाे नेता कि वरिष्ठ वा सबैभन्दा युवालाई छानौ – अर्जुननरसिंह केसी

    • ३. निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य, कार्यान्वयन नगरे कारबाही गर्न मन्त्रालयको निर्देशन

    • ४. स्पष्टीकरण पार्टी एकताका लागि बाधक : डा. शशांक(वक्तव्यसहित)

    • ५. प्रतिनिधिसभा : समिति सभापतिका लागि शुक्रबार निर्वाचन हुने

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.