नेपाल र युएईबीच आज टी–ट्वेन्टी अन्र्तराष्ट्रिय क्रिकेट खेल हुँदैछ । दुई दिने श्रृंखला अन्र्तगत पहिलो दिन आज टीयु क्रिकेट मैदानमा साँझ पाँच बजे खेल हुने भएको हो । त्रिवि क्रिकेट रंगशालामा पहिलो पटक फ्लड लाइटमा अन्तर्राष्ट्रिय खेल हुन लागेको छ ।
यसै खेलबाट लागू हुनेगरि नेपाल क्रिकेट संघ क्यानले नेपाली टोलीको कप्तान फेरेको छ । नियमित कप्तान रोहीत पौडेललाई एक दिवसीय टोलीको कप्तानको जिम्मेवारी दिँदै दिपेन्द्रसिंह ऐरीलाई टी–ट्वेन्टीको नेतृत्व दिइएको छ । टी–ट्वेन्टी अन्तराष्ट्रियमा ऐरीको यो पहिलो कप्तानी हुनेछ ।
आजको खेलमा नेपाली टिमबाट सन्तोष यादव र हेमन्त धामीले अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गर्दैछन् । आइसीसी विश्वकप क्रिकेट लिग टु को तयारीमा रहेको नेपालले युएईसँग दुई खेलको टि–ट्वेन्टी श्रृंखला खेल्न लागेको हो । दोस्रो खेल भोलि टियु क्रिकेट मैदान, किर्तीपुरमै हुनेछ ।






