• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

आन्तरिक रोजगारीमा सबल बन्न सके मुलुक आत्मनिर्भर बन्छ : मन्त्री यादव

  •  नेपाल चौतारी
  • २०८३ आश्विन २, शुक्रबार १७:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सप्तरी– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारी र आन्तरिक रोजगारीलाई सँगसँगै लैजानुपर्ने आवश्यकता औँल्याएका छन् ।

    श्रम तथा रोजगार कार्यालय मधेस प्रदेशले रूपनी गाउँपालिका–५ स्थित रहेको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा आज आयोजना गरेको निर्माण उद्योगमा काम गर्ने श्रमिकहरूको लागि व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी एकदिने सचेतनामूलक कार्यक्रममा उनले आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

    ‘आन्तरिक रोजगारीतर्फ सर्वसाधारणलाई आकर्षित गर्न धेरै कामहरू गर्नुपर्नेछ । रोजगारदाता र श्रमिक एक अर्काको पूरक भएकाले यी दुवै पक्षलाई सबल बनाउन आवश्यक छ’, मन्त्री यादवले भने, ‘वैदेशिक रोजगारीसँगै आन्तरिक रोजगारीमा सबल बन्न सके हाम्रो मुलुक सबल र आत्मनिर्भर बन्छ ।’

    तीन दिनसम्म वैदेशिक रोजगारी सम्बन्धित गुनासा, समस्या सुन्न जिल्ला प्रशासन कार्यालय सप्तरीमा ‘हेल्प डेक्स’ राखेकाले यससम्बन्धी समस्या त्यहाँ गएर राख्न उनले आग्रह गरे ।

    मन्त्री यादवले भने, ‘वैदेशिक रोजगारीमा एजेन्टले गर्दै आएको ठगी न्यूनीकरण भए पनि यसको अन्त्यका लागि वैदेशिक रोजगार सम्बन्धित ऐन संशोधन गरेर ‘डिजिटल सिस्टम’ बनाउँदै छौँ ।’

    श्रमिकहरू, स्थानीय बुद्धिजीवी तथा स्थानीय सरोकारवालाहरूको उपस्थित रहेको कार्यक्रममा राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविण, रूपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवलगायत पालिकाका प्रमुखहरू, सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, सप्तरीका प्रहरी प्रमुख एसपी रूपक खड्कालगायतको उपस्थिति रहेको थियोे ।

    Post Views: 41
    प्रकाशित मिति: २०८३ आश्विन २, शुक्रबार १७:१५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
    विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायु कुमार श्रेष्ठ नियुक्त
    १३ देशका लागि राजदूत सिफारिस, कुनमा को ? (सूचीसहित)
    Advertisement
    ताजा अपडेट
    • १. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

    • २. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायु कुमार श्रेष्ठ नियुक्त

    • ३. आन्तरिक रोजगारीमा सबल बन्न सके मुलुक आत्मनिर्भर बन्छ : मन्त्री यादव

    • ४. १३ देशका लागि राजदूत सिफारिस, कुनमा को ? (सूचीसहित)

    • ५. संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

    चर्चित
    • १. गणेशमान सिंह नेपाली राजनीतिक इतिहासका एक युगपुरुष : डा शशांक

    • २. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ३. कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?

    • ४. सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित

    • ५. प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै, किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.