• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

सितारा सहकारीको १६औं साधारणसभा, १७ प्रतिशत लाभांश दिने

  •  संवाददाता
  • २०८० आश्विन ११, बिहीबार १८:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    रुपन्देही । सितारा बचत तथा ऋण सहकारी संस्थाको १६औं साधारणसभा १६औं साधारणसभा शनिबार बुटवलमा सम्पन्न भएको छ । साधारण सभाको उदघाटन संस्थाका संस्थापन अध्यक्ष राम बहादुर खडकाले गर्नु भयो।

    सहकारीका अध्यक्ष मातृका ज्ञवालीको अध्यक्षता भएको सभामा वोल्दै प्रमुख अतिथि खडकाले सहकारीहरू सहकारीको ऐन नियम र कानुन अनुसार सञ्चालन भएकाहरुमा कुनै समस्या नभएको वताउनु भयो।

     

    खडकाले व्यक्तिगत रुपमा सञ्चालन भएका सहकारीहरूमा समस्या आएको ले सबै सचेत बन्नु पर्ने बताउनु भयो। आफुहरुले सहकारी स्थापना गर्दा सदस्यहरुको आर्थिक सामाजिक र कृषिको उन्नतिको परिकल्पना गरेको बताउनु भयो ।

    उहाँले गलत मनसायहरूले सञ्चालन गरेका सहकारीले यस क्षेत्रकै बदनाम हुन पुगेको बताउनु भयो।यस क्षेत्रको राम्रो विश्वासिलो उत्कृष्ट सहकारी भएकाले ढुक्कसँग सदस्यहरुलाई कारोबार गर्न खडकाले आग्रह गर्नु भयो।

    सहकारीका अध्यक्ष मातृका ज्ञवालीले सञ्चालक समितिको तर्फबाट अध्यक्ष प्रतिवेदन प्रस्तुत गर्दै गत बर्ष भन्दा सेयर संख्या थप भएका आर्थिक कारोबारमा मितब्ययी अपनाई यस बर्ष १७ प्रतिशत लाभान्स दिने भएको बताउनु भयो। २०६४ सालमा २५ जना बाट सुरु भएको सहकारी अहिले७सय २२ पुगेको र यस बर्ष पनि थपिँदै जाने बताउनु भयो।

    अध्यक्ष मातृका ज्ञवालीले सबै सेयर सदस्यहरुको बिमा गरिएको र सहकारीलाई मर्जर गर्ने प्रकृयालाई यथावत राखिएको बताउनु भयो।

    लेखा संयोजक कृष्ण प्रसाद आर्चायले लेखा सुपरिवेक्षण प्रतिबेदन पेस र कोषाध्यक्ष पिताम्बर खनालले आय व्ययको प्रतिबेदन र आगामी बर्षको लागी बजेट पेस गर्नु भएको थियो।

    साधारण सभामा वोल्दै बिशिष्ट अतिथी डा प्राशु नेपालले सितारामा शुसासन रहेको बताउदै अहिलेको बिकासका अबस्थामा पनि १७ प्रतिशत फान दिने भनेको उत्कृष्ट ब्यबस्थापन रहेको बताउनु भयो।

    उहाँले नेपालमा ३० हजार सहकारीले बिभिन्न माध्यमबाट ८८ हजारलाई रोजगारी दिएको बताउनु भयो । हाले सरकारले सहकारीलाई हेर्ने दृष्टिकोण अहिले पनि सकारात्मक नभएको बताउनु भयो।

    सहकारीका सल्लाहकार यादब भन्डारी, शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष भबिन्द्र भन्डारी , बिष्णु भुसाल गणेश पन्थी लगायतले संस्थाको थप प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभयो।

    कार्यक्रममा जेष्ठ नागरिक जगनाथ भन्डारी, असल ऋणी सपना कक्षपति, कक्षा १२ र उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थी स्वस्तिका ज्ञावाली लेखा कर्मचारी प्रतिमा भन्डारीलाई सम्मान गरिएको थियो। मातृका ज्ञवालीको अध्यक्षता उपाध्यक्ष रमेश पराजुलीको सञ्चालनमा साधारण सभा सम्पन्न भएको थियो।

     

    Post Views: 262
    प्रकाशित मिति: २०८० आश्विन ११, बिहीबार १८:३९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज देशलाई सबैभन्दा बढी आवश्यक छ—सम्झौता र मेलमिलाप
    उपसभामुखको निर्वाचन चैत २७ गते हुने
    निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारवाही हुने निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारवाही हुने
    Advertisement
    ताजा अपडेट
    • १. आज देशलाई सबैभन्दा बढी आवश्यक छ—सम्झौता र मेलमिलाप

    • २. उपसभामुखको निर्वाचन चैत २७ गते हुने

    • ३. निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारवाही हुने

    • ४. पश्चिम नेपालबाट वर्षा सुरु

    • ५. सरकारले बढायो गाडी भाडा

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ३. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ४. नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नेपालको उमेदवारी

    • ५. इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो, ध्वस्त भयो : अमेरिकी राष्ट्रपति ट्रम्प

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.