• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

आज विश्व ताल दिवस

  •  नेपाल चौतारी
  • २०८२ भाद्र ११, बुधबार ०८:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    आज विश्व ताल दिवस, पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा यो दिवस मनाईदैछ । संयुक्त राष्ट्रसङ्घको गतवर्षको महासभामा यो दिवस मनाउने सम्बन्धि प्रस्ताव पारित भएसँगै यो वर्षदेखि विश्व ताल दिवस मनाईने भएको हो ।
    संयुक्त राष्ट्रसङ्घका अनुसार पृथ्वीको जमिनमध्ये ४ प्रतिशत ओगटेका कुल ११ करोड ७० लाखभन्दा बढी ताल छन् । प्रदूषण र ‘मिथेन’ उत्सर्जनका कारण वातावरणीय नोक्सानिका साथै ताजा पानीका स्रोतहरू घट्दै गएको सन्दर्भमा यो दिवस मनाउनुको सान्दर्भिकता बढेको छ ।मानवका निम्ति पेयजलको आपूर्ति, कृषि र उद्योगका लागि उत्पादनको महत्त्वपूर्ण स्रोत तालहरूले जैविक विविधता कायम राख्न अनगिन्ती प्रजातिका माछा, बोटबिरुवा र वन्यजन्तुलाई जीवन दिएका छन् । बढ्दो विश्वव्यापी तापक्रम वृद्धिले तालहरू सुक्दै गएका छन्भने बरफ पग्लने क्रम पनि बढिरहेको सन्दर्भमा तालतलैयाको संरक्षणलाई महत्त्वपूर्ण मानिएको छ ।
    नेपालमा पनि ठूलो संख्यामा तालहरु रहेको तथ्याङ्क पाईन्छ । नेपालमा रहेका तालमध्ये सबैभन्दा ठूलो ताल कर्णाली प्रदेशको रारा ताल हो । त्यसैगरी कर्णाली प्रदेशमा नै अवस्थित फोक्सुण्डो ताल नेपालको सबैभन्दा गहिरो ताल हो, जसको गहिराई १३६ मिटर रहेको छ । गण्डकी प्रदेशमा पर्ने तिलिचो ताल समुन्द्र सतहबाट नेपालको सबैभन्दा अग्लो स्थानमा अवस्थित ताल हो । विकिपिडीयाका अनुसार मकवानपुर जिल्लाको कुलेखानी जलविद्युत परियोजनाका लागि निर्माण गरिएको इन्द्र सरोवर नेपालको सबैभन्दा ठूलो मानव निर्मित ताल हो । त्यसबाहेक पोखराको फेवा, बेगनास, रुपा ताल नेपालका पर्यटकिय दृष्टिले आकर्षक मानिन्छन् ।

     

    Post Views: 166
    प्रकाशित मिति: २०८२ भाद्र ११, बुधबार ०८:०५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    वैशाख २९ गतेभित्र एसइई नतिजा प्रकाशन गर्ने बोर्डको तयारी, तीन दर्जन कर्मचारी परिचालन
    कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल
    Advertisement
    ताजा अपडेट
    • १. वैशाख २९ गतेभित्र एसइई नतिजा प्रकाशन गर्ने बोर्डको तयारी, तीन दर्जन कर्मचारी परिचालन

    • २. कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु

    • ३. यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    • ४. अमेरिकी सैनिकलाई कारबाही गर्न राष्ट्रसंघलाई इरानको आग्रह

    • ५. सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

    चर्चित
    • १. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • २. प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कुन मन्त्रीको सम्पत्ति कति ?

    • ३. संसदिय दलकाे नेता कि वरिष्ठ वा सबैभन्दा युवालाई छानौ – अर्जुननरसिंह केसी

    • ४. निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य, कार्यान्वयन नगरे कारबाही गर्न मन्त्रालयको निर्देशन

    • ५. संविधान संशोधन कार्यदलको पहिलो बैठक बस्दै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.