नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुन तीन हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आनुसार आज सुन दुई लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि, भदौ १३ गते शुक्रबार सुनको मुल्य दुई लाख ६०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनेको थियो ।
आज चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला दुई हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।






