जेनजीको विरोध प्रदर्शनका कारण मुलुक अस्तव्यस्त बनेपछि बन्द भएको सेयर कारोबार आजदेखि पुनः सुरु हुने भएको छ ।
नेपाल धितोपत्र बोर्डले कारोबार रोक्का गर्न दिएको निर्देशन बमोजिम सेयर कारोबार बन्द भएको थियो ।
अवस्था सहज भएपनि सेयर कारोबार बन्द गरिएको भन्दै बोर्ड र नेप्सेको आलोचना हुँदै आएको थियो ।
बोर्डले मंगलबार पुनः निर्देशन दिँदै धितोपत्रको दोस्रो बजार कारोबार साबिक बमोजिम सञ्चालन गर्न निर्देशन दिएको थियो ।
सोही अनुरुप आजबाट सेयर कारोबार सुरु हुन लागेको हो ।






