लिग लिडर लिभरपुलले इङ्लिस प्रिमियर लिगमा शनिबार सम्पन्न मर्सिसाइड डर्बीमा एभर्टनविरुद्ध २–१ को रोमाञ्चक जित निकालेको छ ।
लगातार पाँचौं जितसँगै लिभरपुलले पाँच खेलमा १५ अंक जोडेको छ। पराजित एभर्टन समान खेलबाट सात अंकका साथ नवौ स्थानमा छ।
गएराति नै भएको अर्को खेलमा म्यानचेष्टर युनाइटेडले चेल्सीलाई २१ गोलले पराजित गर्यो। यस्तै फुलह्यामले बेनफर्डलाई ३–१ गोलले हरायो।






