सरकार संचालनका लागि रकम दिने प्रस्ताव अमेरिकी सिनेटमा अस्वीकृत भएसँगै अमेरिकाको सरकारी निकाय सटडाउन भएको छ । रिपब्लिकन नियन्त्रित सिनेटले सरकारी खर्च विधेयक पारित गर्न असफल भएको केही घण्टा पछि सटडाउन भएको हो।
अमेरिकी राष्ट्रपति ट्रम्प र डेमोक्रेट्स बीच सम्बन्ध सुमधुर नहुँदा ‘सटडाउन’ भएको बताईएको छ । ट्रम्पले ओबामा केयरलाई असर पर्ने गरि खर्च कटौती गर्ने भए पनि डेमोक्रेटहरुले रिपब्लिकन विधेयकमा समर्थन नजनाएका हुन् ।
रकम उपलब्ध गराउनेबारे डेमाक्रेट्सहरूले पेस गरेको विधेयक पारित हुन सकेको थिए । जुन प्रस्ताव सरकारी सेवा बन्द हुनबाट रोक्नका लागि गरिएको थियो। तर १०० सदस्यीय सदनमा आवश्यक ६० मत प्राप्त गर्न असफल भयो। त्यसपछि, रिपब्लिकनले पेस गरेको विधेयक पनि ५५-४५ को मतले अस्वीकृत भयो ।
सटडाउन पछि सरकारका निकायहरुको विभिन्न सेवा कटौती भएको छ । सटडाउन भएसँगै अत्यावश्यकबाहेकका कर्मचारीहरुलाई बिदा दिईनेछ भने कर्मचारीको तलब समेत रोकिनेछ ।
यसपटकको सटडाउनका कारण नौ लाख कर्मचारीले बाध्यकारी विदा पाउने अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अमेरिकी सरकारको कामकारबाही संचालनको लागि हरेक वर्ष अक्टोबर १ मा बजेट पारित गर्न आवश्यक भएपनि त्यो हुन सटडाउनको अवस्था आएको हो। अहिले पनि सटडाउनका कारण ‘गैर आवश्यक’ सेवाहरू र कार्यालयहरू बन्द हुनेछन । जसका कारण विश्व अर्थव्यवस्थामा पनि त्यसको प्रभाव पर्ने देखिन्छ ।
यसअघि पनि ट्रम्प राष्ट्रपति हुँदा अमेरिकामा सटडाउन भएको थियो। ट्रम्पको पहिलो कार्यकालको दुई महिनापछि सन् २०१८ को डिसेम्बरमा सघीय कोषमा कग्रेसले सहमति जुटाउन नसक्दा ३५ दिनको आशिक सटडाउन भएको थियो। जुन आधुनिक अमेरिकी इतिहासकै सबैभन्दा लामो सटडाउन हो






