नेपाली राष्ट्रिय महिला टोलीले मलेसियासँग टी–२० सिरिजको दोस्रो खेलमा मलेशियालाई पराजित गरेको छ । शनिबार भएको खेलमा घरेलु टोली मलेशियालाई नेपाल ६ विकेटले विजयी भएको हो।
पहिला ब्याटीङ गरेको मलेसियाले नेपाललाई ९२ रनको लक्ष्य दिएको थियो। ब्याटीङतर्फ सुरुका दुई बलमा दुई विकेट गुमाएको नेपालले पछि १६।२ ओभरमा ४ विकेट गुमाएर सहज जित हात पारेको हो।
नेपालका लागि पूजा महतोले ३९ तथा इन्दु बर्माले २७ रन जोडे। पहिलो खेलमा नेपाल ३ रनले पराजित भएको थियो। पाँच खेलको यो श्रृङखला १–१ को बराबरी भएको छ।






