आयोजक राष्ट्र मलेसियाविरुद्ध चौथो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट अन्र्तगत नेपाली राष्ट्रिय महिला टोलीले जीत हासिल गरेको छ । आज बिहान सम्पन्न खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो ।
जीतसँगै पाँच खेलको शृंखला २–२ को बराबरीमा पुगेको छ । पहिलो खेलमा मलेसिया तीन रनले विजयी भएको थियो । दोस्रो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो । शृंखलाको तेस्रो खेलमा मलेसियाले नेपाललाई १३ रनले पराजित गरेको थियो । शृंखलाको अन्तिम खेल बुधबार हुनेछ ।
आजको खेलमा टस जिरेर ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित ओभरमा पाँच विकेटको क्षतिमा १ सय ११ रनको योगफल तयार पारेको थियो ।
जवाफी ब्याटिङ् गर्दै नेपालले १७ दशमलव ३ ओभरमा चार विकेट गुमाउँदै १ सय १५ बटुल्यो । नेपालको जीतमा कप्तान इन्दु वर्माले अविजित ४८ रनको योगदान गरिन् । ३९ बलको सामना गरेकी ईन्दुले ६ चौका हानेकी थिईन् । रुविना क्षेत्रीले २३ ,कविता कुँवरले १६ र सम्झना खड्काले ११ रन बनाइन् ।






