मितेरी डेभलपमेन्ट बैंकले सेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने भएको छ ।
बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले कर प्रयोजनसहित १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी २०औँ वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।






