नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको दुई लाख ४१ हजार ९०० रुपैयाँ कायम भएको छ ।
तिहार बिदाअघि कात्तिक ३ गते छापावाल सुन प्रतितोला दुई लाख ५३ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मूल्य पनि तोलामा २६५ रुपैयाँले घटेको छ ।
चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । कात्तिक ३ गते चाँदी प्रतितोला तीन हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।






