हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत -सीईओ कपिल कुमार दाहाल नियुक्त भएका छन् ।
कात्तिक १२ गते अर्थात हिजो बुधबार बसेको सञ्चालक समितिको ५५औं बैठकले दाहाललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
उनी कम्पनीमा नायब प्रमुख कार्यकारीको भूमिकामा थिए। उनलाई कात्तिक १३ गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गरिएको कम्पनीले जनाएको छ ।






