• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गर्ने दिन

  •  नेपाल चौतारी
  • २०८२ कार्तिक १५, शनिबार ०७:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी आज सानातन धर्मावलम्बी शनिबार तुलसीको विवाह गरी मनाउँदै छन्। सनातन समाजमा आषाढ शुक्ल एकादशीमा आँगनमा तुलसी रोप्ने र चार महिनासम्म पूजा गर्ने परम्परा छ। यो अवधिलाई चतुर्मास भनिन्छ। चतुर्मासभर ‘विष्णुप्रिया’को रूपमा पूजा गरेर तुलसीलाई हरिबोधिनी एकादशीमा भगवान् विष्णुसँग विवाह गरिदिने परम्परा छ।

    एकादशीका दिन उपवास बसी नारायणको आराधना गरी र भोलिपल्ट द्वादशीमा हवन गरी विसर्जन गरिन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु यो दिन उठ्ने पौराणिक मान्यता छ। त्यसैले यो दिनलाई हरिबोधिनी एकादशी भनिएको पुराणमा उल्लेख छ। विष्णुको अर्को नाम हरि हो। शयन अर्थात् सुत्ने कार्य। बोधको अर्थ हुन्छ उठ्ने। यसैले यी दुई एकादशीको महत्त्व विशेष छ। यी दुई एकादशीलाई ‘ठूली एकादशी’ पनि भनिन्छ।

    अन्य एकादशीमा भन्दा यो दिन गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने भविष्योत्तर पुराणमा उल्लेख छ। भगवान् कृष्णले युधिष्ठिरलाई यो दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने बताएको उल्लेख छ। पञ्चांगहरूमा शनिबार ५१ घडी ४१ पला अर्थात् राति २ बजेर ५६ मिनेटसम्म एकादशी रहेको उल्लेख छ। कार्तिक शुक्ल एकादशीकै दिन भीष्म पञ्चक आरम्भ हुन्छ। एकादशीदेखि पूर्णिमासम्म भगवान् विष्णुको विशेष आराधना गर्ने परम्परा छ। यो अवधिमा नारायण मन्दिरमा श्रद्धालुको घुइँचो लाग्छ।

    Post Views: 73
    प्रकाशित मिति: २०८२ कार्तिक १५, शनिबार ०७:४९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    संविधान संशोधनका लागि कार्यदल सक्रिय, वरिष्ठ कानुन व्यवसायीसँग परामर्श जारी
    नेप्से परिसूचक २६ अंकले घट्यो
    सरकारद्वारा दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस
    Advertisement
    ताजा अपडेट
    • १. संविधान संशोधनका लागि कार्यदल सक्रिय, वरिष्ठ कानुन व्यवसायीसँग परामर्श जारी

    • २. नेप्से परिसूचक २६ अंकले घट्यो

    • ३. सरकारद्वारा दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    • ४. नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा

    • ५. मनोहरा, गैरीगाउँ र थापाथली क्षेत्रमा सार्वजनिक जग्गा खाली, ९४१ संरचना हटाइए

    चर्चित
    • १. गगनलाई केदार कार्कीको प्रश्न : भृकुटी मण्डपमा हामी सबैले देखेको त्यो सर्वगुण सम्पन्न अद्भुत शक्ति खोइ सभापति ज्यू ?

    • २. एमाले संसदीय दलको प्रमुख सचेतकमा ऐन महर नियुक्त

    • ३. थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो

    • ४. टी–२० आई सिरिज : कुशल भुर्तेलको विष्फोटिङ ब्याटिङमा नेपालले यूएईलाई हरायो ८ विकेटले हरायो

    • ५. संसद अधिवेशन स्थगित

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.