मुक्तिनाथ विकास बैंकको १९ औं वार्षिक साधारणसभाले वाणिज्य बैंकमा स्तरोन्नति हुने प्रस्ताव पारित गरेसंगै अब वाणिज्य बैंकमा स्तरोन्नति हुने भएको छ ।
अध्यक्ष खिम प्रकाश मल्लको अध्यक्षतामा बैंकको हालै पोखरामा सम्पन्न भएको साधारणसभाले चुक्ता पूँजी ९ अर्ब ३ लाख रुपैयाँ पुर्याउने र वाणिज्य बैंकमा स्तरोन्नति हुने प्रस्ताव पारित गरेको हो ।
अध्यक्ष मल्लका अनुसार पूँजी वृद्धिका लागि प्रबन्धपत्र संशोधन गर्ने र नेपाल राष्ट्र बैंकले तोकेको प्रावधान अनुसार वाणिज्य बैंकमा स्तरोन्नतिको लागि प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।
त्यस्तै सभाले आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन पारित गर्दै सेयरधनीहरुलाई १८.२० प्रतिशत लाभांस दिने प्रस्ताव स्वीकृत गरेको छ । उक्त लाभांस मध्ये १३.५३ प्रतिशत बोनस सेयर र बाँकी ४.६७ प्रतिशत लागि नगद लाभांस (बोनस सेयर र नगद लाभांसको कर सहित) रहेको छ ।






