नेपाली काङ्ग्रेसका पूर्वउपसभापति एवम् पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ अस्वस्थ भएका छन् । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि श्रेष्ठलाई काठमाडौबाटउपचारका लागि दिल्लीको अपोलो अस्पतालमा लगिएको बुझिएको छ ।
नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति तथा पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता श्रेष्ठले केही दिन अगाडि राजा,राजतन्त्र सहितको दलीय व्यवस्थाको धारणा सार्वजनिक गरेका थिए ।
श्रेष्ठलाई निमोनिया भएको बताइएको छ । दिल्लीको अपोलो अस्पतालमा श्रेष्ठको शल्यक्रिया सम्पन्न भएको बताइएको छ ।






