पाकिस्तानको सुप्रिम कोर्टमा विष्फोट भएको छ । पाकिस्तानी सञ्चार माध्यमका अनुसार अदालतको केन्द्रीय एसी मर्मतका क्रममा सो विष्फोट भएको हो । समाचार अनुसार अचानक भएको विष्फोटनले त्रास सिर्जना भएको छ ।
अदालत परिसरमा धक्का महसुस गरिएको छ । अदालत परिसरमा रहेका वकिल, न्यायाधीश र कर्मचारीहरू सुरक्षित स्थानतर्फ लागेका छन् । विष्फोटका कारण कोर्ट नम्बर ६ क्षतिग्रस्त भएको छ । समाचारका अनुसार विष्फोटन अघि न्यायाधीशहरू अली बकर नजफी र शहजाद मलिकको सुनुवाइ रहेको थियो ।
घाइते मजदुरहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ । घाइतेको अवस्था सामान्य छ । विष्फोटनको कारण पत्ता लगाउने काम भइरहेको समाचारमा जनाइएको छ । अदालतको भवनका केही भाग क्षतिग्रस्त भएका छन् । घाइतेहरुलाई बाहिर निकालिएको छ ।






