नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित आठ दलबीच आज राष्ट्रिय एकता सम्मेलन हुँदै छ । यीदलहश्रले दलहरुले आज दिउँसो १ बजे भृकुटीमण्डपमा सभासहित एकता घोषणा गर्न लागेका हुन् । गत आइतबार यी आठ दलले एकीकरणको प्रकृया अगाडि बढाउन हस्ताक्षर गरेका थिए ।
माओवादी केन्द्र, एकीकृत समाजवादी, जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लवबाट छुट्टिएको नेकपा, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीबीच एकता हुन लागेको हो । गोपाल किराँती भने माओवादीसँगै मिसिएर एकतामा सहभागी भएका छन् ।
यी पार्टीहरूबीच १८ बुँदे सहमति भएको थियो ।
एकता राष्ट्रिय सम्मेलनबाट पार्टी एकताको घोषणा, घोषणा पत्र र अन्तरिम विधान पारित र केन्द्रीय समितिको गठनलगायत कार्यहरू गरिने उल्लेख छ । त्यस्तै आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गरिने जनाइएको छ । नयाँ पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी राख्ने सहमति भएको छ भने चुनाव चिन्ह पाँच कुने तारा रहनेछ ।
यसैबीच, माओवादी र एकीकृत समाजवादीका केही असन्तुष्ट नेताले भने एकतामा सहभागि नहुने र पार्टी पुनर्गठन गर्ने बताउँदै आएका छन् । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल पक्ष सोही पार्टी पुनर्गठन गर्ने भन्दै गृहकार्यमा छन् । माओवादीका नेता जनार्दन शर्मा पनि आफूले पार्टी छाड्न नसक्ने बताउँदै आएका छन् ।





