राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट निकालेर सिंहदरबार ल्याइएको छ । भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा नख्खु जेलबाट फर्जी कागज बनाएर निस्किएका रवि लामिछानेलाई बनायनका लागि सिंहदरबार ल्याइएको छ ।
उच्चस्तरीय जाँचबुझ आयोगले सिंहदरबारस्थित आयोगको कार्यालयमा ल्याएर लामिछानेसँग सोधपुछ गर्नेछ ।
यसअघि आयोग प्रतिनिधिहरु कारागारमा पनि पुगेर वस्तुस्थितिको अवलोकन गर्नुका साथै लामिछानेसँग अनौपचारिक कुराकानी गरेका थिए । आयोगले कारागारका जेलरलाई पनि बोलाएर बयान लिइसकेको छ ।






