नियमित महाधिवेशन नभए तत्काल केन्द्रीय समिति भंग गर्न माग गर्दै दबाब दिनका नेपाली कांग्रेसको एक समूहले बिहिबार दबाबमुलक भेला बोलाएको छ । पार्टीका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा निकटहरूले विशेष महाधिवेशनको माग सहित मंगलबार भेला गरेपछि नियमित महाधिवेशन नभए तत्काल केन्द्रीय समिति भंग गर्न माग राख्दै भेला गर्न लागेका हुन् ।
भेलाको तयारीमा नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष रन्जित कर्ण, नेपाल तरुण दलका पूर्व अध्यक्ष विनोद कायस्थ, नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री दिपक भट्टराई, नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री सरोज थापा, नेपाल विद्यार्थी संघका पूर्व सहमहामन्त्री बद्रि अर्याललगायत लागेका छन् । भेला बिहिबार विहान ११ः३० वजे अनुपम फुडल्याण्ड बत्तिसपुतलीमा हुने बताइएको छ ।
नेविसंघका पूर्व अध्यक्ष कर्णले नेपाली काँग्रेसको नियमित महाधिवेशन समयमै सम्पन्न गर्न नसक्नु महामन्त्रीसहित सम्पूर्ण कार्यसमितिको सामूहिक असफलता भएको भन्दै यस असफलताप्रति सबैले आफ्नो जिम्मेवारी स्वीकार गर्दै सम्मानपूर्वक राजीनामा दिने हो भने पार्टीको मर्यादा र उत्तरदायित्व दुवै सुरक्षित रहने समाजिक संजाल मार्फत उल्लेख गरेका छन् ।






