मधेस प्रदेशको राजनीतिमा नयाँ ट्विस्ट आएको छ । मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेसगै त्यहाँको राजनिती फरक मोडमा पुगेको हो ।

सिन्धुलीको बर्दिवास स्थित एक होटलमा भण्डारीले यादवलाई मुख्यमन्त्रीको नियुक्ति पत्र थमाएकी हुन । संविधानको धारा १६८ (३) बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको उल्लेख छ । उक्त धारा अनुसार प्रदेश सभाको ठुलो दलको हैसियतमा यादव मधेस प्रदेशको नयाँ मुख्यमन्त्री बनेका हुन् ।






