• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

मधेश प्रदेशको अस्मिता समाप्त पार्ने खेल भयो– निवर्तमान मुख्यमन्त्री सोनल

  •  नेपाल चौतारी
  • २०८२ कार्तिक २४, सोमबार ०८:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ठूलो दलको हैसियतमा प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीले नेकपा एमालेका सरोजकुमार यादवलाई नयाँ मुख्यमन्त्री नियुक्त गरेपछि यो घटनालाई निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले मधेश प्रदेशको अस्मिता समाप्त पार्ने खेल भएको टिप्पणी गरेका छन् ।

    प्रमुख भण्डारी अस्वस्थ भएको भन्दै बिहानै जनकपुरबाट काठमाडौं प्रस्थान गरेकी प्रदेश प्रमुख भण्डारीलार्ई स्वास्थ्य लाभको कामना गर्दै बिदाइ गरेका सोनलले पछिल्लो राजनीतिक घटनाक्रमबारे यस्तो टिप्पणी गरेका हुन् ।

    हिजो आइतबारको मितिमा यादवलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम आज बिहानमात्रै बर्दिबासको पानस होटेलमा शपथ गराएकी थिईन् ।

    प्रदेश सभामा विश्वासको मत प्राप्त नहुनेभएपछि यसअघिका मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजिनामा दिएका थिए ।
    हिजोमात्रै नेपाली कांग्रेससहित सात दलले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्न आग्रह गरेका थिए ।

    प्रदेश प्रमुख कार्यालयमा आज पुगेर नयाँ सरकार गठनका लागि आग्रह गर्नेहरुमा कांग्रेस, जसपा नेपाल, जनमत, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका दलका नेता तथा सांसदहरु थिए ।

     

    तर नयाँ सरकारको गठन प्रक्रियाबारे कसैले चाल नै नपाउने गरी नयाँ मुख्यमन्त्री नियुक्त नहुञ्जे्लसम्मका लागि मौजुदा मन्त्रीपरिषद्लाई नै कार्यभार सम्हाल्ने जिम्मेवारी दिएकी प्रदेश प्रमुख भण्डारीले छापामार शैलीमा मुख्यमन्त्री नियुक्त गरीन् ।

    Post Views: 114
    प्रकाशित मिति: २०८२ कार्तिक २४, सोमबार ०८:०५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र
    अठार दिनपछि कृष्णभिरको सडकमा आजबाट दुईतर्फी यातायात सञ्चालन हुँदै
    आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै
    Advertisement
    ताजा अपडेट
    • १. बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

    • २. अठार दिनपछि कृष्णभिरको सडकमा आजबाट दुईतर्फी यातायात सञ्चालन हुँदै

    • ३. आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

    • ४. प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

    • ५. बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.