बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ को खेलतालिका सार्वजनिक भएको छ । आज साझ दोस्रो संस्करणको एनपिएल खेलतालिका प्रकाशित गरिएको हो ।
खेलतालिका अनुसार यसपटकको उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्नेछन ।साविकको च्याम्पियन जनकपुर र काठमान्डुको पहिलो खेल आगामी सोमबार दिउँसो ४ बजे सुरु हुनेछ।
लिगकाे पहिलो दिन मंसिर १ गते एक मात्र खेल हुनेछ। त्यसपछि दोस्रो दिन दुई खेल हुँदा त्यसपछि तीन दिन लगातार एक–एक मात्र खेल हुनेछ।
प्रतियोगिताको पहिलो क्वालिफायर खेल मंसिर २३ र २४ मंसिरमा एलिमिनेटर चरणको खेल हुनेछ।त्यस्तै दोस्रो क्वालिफायर खेल मङ्सिर २५ गते हुनेछ भने प्रतियोगताको फाइनल मंसिर २७ गते शनिबार हुनेछ।
यी सबै खेल टियू क्रिकेट मैदान कीर्तिपुरमा हुनेछन्।
(हेर्नुहोस खेलतालिका)







