झण्डै एकमहिनादेखि जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । महाधिवेशसनको मितिबारे टुङ्गोमा पुग्न नसकेको कांग्रेसको बैठक आज बिहान साढे ११ बजे पार्टी कार्यालय ललितपुरको सानेपामा बस्नेछ ।
राष्ट्रिय राजनीतिको मुद्धा भन्दा पनि आन्तरिक किचलोमै अल्झिएको कांग्रेसमा पार्टीको १५ औँ महाधिवेशनबारे केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम चलिरहेको छ ।
महाधिवेशन कहिले गर्ने भन्नेबारे महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुष २९ गते भित्रको कार्यतालिका सार्वजनिक गरेका छन् भने संस्थापन समूहका तर्फबाट बैशाखमा महाधिवेशन गर्नुपर्ने तालिका अघि सारीएको छ ।
सरकारले तोकेको फागुन २१ को निर्वाचन अघि कांग्रेस नयाँ नेतृत्व चयनको पक्षमा महामन्त्रीद्वय अडिग रहँदा निर्वाचन पछि मात्रै पार्टीको महाधिवेशन गर्नुपर्ने पक्षमा संस्थापन समूह रहेको छ । निर्वाचनअघि महाधिवेशन गरेर जाँदा त्यसको नकारात्मक असरपर्ने संस्थापन समूहको बुझाई छ ।
दुइपक्षका आ–आफ्नै अडानका कारण ठोस निष्कर्षमा पुग्न सकिरहेको छैन । उता प्रतिनिधी सभा पुर्नस्थापनाको लक्ष्यका साथ विघटीत प्रतिनिधी सभाका प्रमुख सचेतक श्यामकुमार घिमिरेको नेतृत्वमा निवर्तमान सांसदहरुको हस्ताक्षर अभियान पनि चलिरहेको छ ।






